आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । अबको १४ दिनपछि देशैभर एकैसाथ मतदान हुँदैछ । कालिकोट एक क्षेत्र भएको ठाउँबाट प्रमुख राजनीतिक दलसहित ८ जनाले प्रतिस्पर्धा गर्दैछन् । यसमा नेपाली राजनीतिकको पुरोनो र प्रमुख पार्टी नेपाली काँग्रेसले कालिकोटबाट जिल्ला पूर्वसभापति हर्षबहादुर बमलाई टिकट दिएको छ । जो हिजो आज बमको पक्षमा रुख चिन्हमा मतदान गर्न भन्दै घरदैलो र अन्य चुनावी सभा हुँदैछन् । तर पनि काँग्रेसको पक्षमा माहोल बढाउन र रुखमा नै मतदानको विश्वास बढाउनका पछाडि धेरै कारणहरू छन्। जो स्थानीय राजनीतिक समीकरण, विकासको आश्वासन र पार्टीको इतिहाससँग जोडिएको छ।
रुखमै मतदान किन त ?
· विकासको एजेन्डा ः नेपाली काँग्रेसले सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो मुख्य मुद्दा बनाउँछ। दुर्गम जिल्ला कालिकोटमा विकास नै प्रमुख आवश्यकता भएकाले मतदाता यसतर्फ आकर्षित हुन्छन्।
· स्थानीय नेतृत्वस् पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले जनताको दैनिक समस्या सुन्ने र सेवा दिने गरेको जनधारणा छ। स्थानीय तहमा जनतासँगको प्रत्यक्ष सम्पर्क नै ठूलो पुँजी हो।
· पार्टीको छविस् नेपाली काँग्रेसलाई पुरानो र अनुभवी पार्टीको रूपमा हेरिन्छ। लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा पार्टीले खेलेको भूमिकाका कारण पनि पुराना पुस्ताका मतदाताले यसलाई विश्वास गर्छन्।
· गठबन्धनको प्रभावस् विगतका निर्वाचनमा नेपाली काँग्रेसले स्थानीय तह र प्रदेशसभामा विभिन्न दलहरूसँग गरेको गठबन्धनले पनि मत सिध्याउन मद्दत पुर्याएको थियो।
· वैकल्पिक शक्तिस् कालिकोटमा कहिलेकाँही मतदाताले अर्को पार्टीलाई मौका दिनुपर्छ भन्ने मानसिकता पनि देखिन्छ। काँग्रेस यस्तो विकल्पको रूपमा देखा पर्छ।
त्यस कारणहरूले स्थानीय राजनीतिक परिदृश्य र मतदाताको मनोविज्ञानलाई आत्मसात गर्दै विभिन्न क्षेत्र र समयमा मतदाताको धारणालाई विश्वास समेत गरेर लोकतान्त्रिक पार्टी जहिले लोकतन्त्र र नागरिकको पक्षमा वकालत गर्दै इतिहासलाई ताजगी बनाएर फेरि मुलुक र सबै नागरिकको सम्मान हक समेतको रक्षा गर्दै अहिले वर्तमान समयमा नेपाली काँग्रेस पार्टी आफुलाई पुन च्भायचm बाटो बनाएर अगाडी बढेको दिव्य भरोसा बोकेर हिडेको हुँदा यस कारण नेपाली काँग्रेस र कालिकोट काँग्रेस समेतलाई यसपालि आफ्नो अमुल्य भोटका साथ विजयी गराउन सकेको खण्डमा पार्टीका उम्मेदवार हर्ष बहादुर बम विगट पलाता हुँदै कालिकोट बाट माथी उठेर पुलको रूपमा काम गर्न सक्ने उम्मेदवारको प्रतिबद्धता व्यक्त गरेको हुँदा सबै नागरिकको अपेक्षा पनि त्यता पट्टी उद्दत देखिन्छ।।
(लेखक नेपाल विद्यार्थी संघ कालिकोटका अध्यक्ष हुन्)

