Breaking News

कारबाट झेरेर पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ७ को म्याद दिदै अनुसन्धान

फागुन, काठमाडौं । आज दिउसो काठमाडौंको महाराजगञ्जस्थित जुत्ता कारखाना क्षेत्रको सडकमा एक जना व्यक्तिले आफु चढेको कारबाट झरेर एक जना पैदलयात्रीलाई दुई पटक मुक्का र फर्की फर्की चेतावनी समेतको भिडियो सार्वजनिक भएपछि प्रहरीले ति व्यक्तिलाई पक्राउ गरी ७ दिनको म्याद दिदै अनुसन्धान गर्न भनिएको छ ।

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पारस बम भएको प्रहरीले बताएबो छ ।

पारस बमलाई मंगलबार ट्राफिक प्रहरीले समातेको थियो । सामाजिक संञ्जालामा पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मुक्का हान्ने बमको साथमा एकजना महिला पनि सँगसँगै आएको देखिन्छन् सुरुमा ति महिलाले पनि औला उठाएर चेतावनी भनेजस्तो देखिन्छन् । पछि दोस्रो पटक पनि पारसले मुक्का हान्ने भने ति महिलाले उनलाई रोकेर फिर्ता लिएको देखिन्छन् । त्यसपछि पनि मुकका हान्ने पारस फर्की फर्की ति वृद्धालाई केही भनिरहेका देखिन्छन ।