६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा चुनावी पहिलो सभा गरेको छ । सोही चुनावी सभामा पार्टी सभापति गगन थापा एवं पार्टी उपभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ हुने निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यस पटक काँग्रेस नयाँ भिजन र नयाँ नेतृत्व सहित आएको छ । गएको पुष २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा बिशेष महाधिवेशन गरेर काँग्रेसमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ ।
गगन थापा पार्टीको नेतृत्वमा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवासहितको ठुलो पंत्ति बाहिरै बसेर काँग्रेस चुनावी अभियान जुटेको बेला आज काँग्रेसले भिजन १० सार्वजनिक सहित चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
भिजन १० सहित काँग्रेसले सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।
काँग्रेसका भिजन १० यस्ता छन् :
१ सम्मानित नेपाली भएर बाँच्ने पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल

