Breaking News

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् ।

निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले बताएको छ ।

नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।