काठमाडौँ । निर्वाचना आयोगले आज नेपाली कांग्रेसको आधिकारिक को भन्ने बिषयमा टुङ्गाएको छ । आयोगले बिशेष महधिवेशनबाट आएको गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाइै मान्यता दिएको छ ।
आजदिनभर निर्वाचन आयोगमा काँग्रेसका दुबै पक्षलाई बोलाएर छलफल गरेपछि साँझ पख गगन पक्षलाई आधिकारिक दिएपछि शेरबहादुर देउवा समूह पक्षका काँग्रेस नेता तथा कार्यकर्ता बिरोधभा उत्रिएका थिए भने, सभापति गगन थापा पाक्षका नेता तथा कार्यकर्ता खुशीयालीमा नारा लगाएका थिए । साँझपख निर्वाचन आयोगले फैसला सुनाएपछि देउपा पक्षीय नेता पूर्णबहादुर खड्का सहित धेरै नेता निर्वाचन आयोग परीसरमा भेला भएर निर्वाचन आयोगको निर्णय उपर बिरोध गरेका थिए ।
नेता खड्काले पत्रकारसामु आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताएका थिए। वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताए ।

