Breaking News

सरकार दुर्गा प्रसाईँ बिचको वार्ता सकियो

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ  ।

सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन् ।

दुई पक्षको बिचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बताए ।

प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसो देखी सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।