काठमाडौं । निर्वाचन आयोगले बिशेष महाधिवेशन पक्षीय गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाई मान्यता दिएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विधि र प्रक्रियाका आधारमा निर्णय गरेको बताएका छन् ।
सभापति शर्माले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रसारण गर्दै आयोगले विशेष महाधिवेशनबाट निर्वाचित पक्षलाई मान्यता दिएसँगै यसलाई नवीन कांग्रेसको सुरुवातको रूपमा व्याख्या गरेका छन् ।
उनले भने, ‘सबै अग्रज तथा समकक्षी नेताहरूलाई हार्दिक अनुरोध गर्दछु । विधि, प्रक्रिया र लोकतान्त्रिक बाटोबाट आएको यो निर्णयलाई स्वीकार गर्दै अब आवेग र आक्रोशलाई त्यागेर एकताबद्ध भएर अगाडि बढौँ । विशेष महाधिवेशनबाट सुरु भएको यो नवीन यात्राले नेपाली कांग्रेसलाई नयाँ ऊर्जा र दिशा दिनेछ भनेका छने।

