Breaking News

महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन सर्कुलर

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एंवम रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको
छ ।

यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर ती अभियोगहरू फिर्ता हुनेछन् । महान्यायाधिवक्ता कार्यालयले बुधबार चारवटै जिल्लाका अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ । “सहकारी ठगीको मुद्दा कायम नै छ, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने प्रयोजनका लागि मात्रै आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको हो ।

यो निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा औपचारिक रूपमा फिर्ता हुने जनाइएको छ ।