नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्धय गगन र विश्वप्रकाश बिचको वार्ता सकिएको छ । महामन्त्रीद्धय निर्णायक वार्ताका लागि देउवा निवास महाराजगंजमा आज बिहान गएपनि दुवै पक्षबीच सहमति हुन नसके पछि महामन्त्रीद्धय फर्किएका छन् । वार्तामा देउवाले विशेष महाधिवेशनपक्षधरको मागबमोजिम पदबाट राजीनामा नदिने अडान लिएका थिए।
सभापति देउवाले पदबाट राजनीनामा नदिने अझै पार्टीमा सक्रिय हुने अडान राखेका थिए ।
भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी भइरहँदा गगन र विश्वप्रकाश देउवानिवास महाराजगञ्ज पुगेका थिए । महामन्त्रीद्वयसँगको निर्णायक वार्तामा देउवा ‘पार्टी फुटे फुटोस् राजीनामा दिन्नँ’ भन्ने शैलीमा प्रस्तुत भएको बुझिएको छ ।
ती नेताका अनुसार महामन्त्रीद्वय र सभापति देउवाबीच करिब एक घण्टा वार्ता चलेको थियो ।

