काठमाडौं । केही दिनको वार्ता, छलफलका बीचमा अन्तः नेपाली काँग्रेस फुटेको छ । आज साँझ देउवा पक्षले महामन्त्रीद्धय गगन–विश्वप्रकास र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी ५ बर्षका लागि कारवाही गरेपछि काँग्रेस फुटको संघरमा गएको हो । काँग्रेसको महामन्त्रीद्धय पक्षले नेतृत्व परिवर्तन र रुपान्तरणको सहित गएको २७ गते काठमाडौको भृकुटीमण्डमा दास्रो बिशेष महाधिवेशन सुरु गरेपछि काँग्रेस दुई भागमा विभाजन हुन गएको थियो । तर पनि यता विशेष महाधिवेशन चलिरहेको र उता वार्ता समेत भइरहेको अवस्थामा एकाएक संस्थापन पक्षले कारवाहीको डण्डा चलाएपछि विभाजित हुन गएको हो ।
काँग्रेसमा देउवाको नेतृत्वको ४ बर्षे कार्यकाल पुष मसान्तभित्र सकिने भएकाले काँग्रेसले पुष २७–२९ गतेदेखि १५औं नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपनि संस्थापन पक्षले त्यो समयलाई व्यवस्था गर्दै अर्को कार्यतालिका ०८३ बैशाख २७–२९ मा सारेपछि काँगे्रसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बिशेष महाधिवेशनको माग अनुसार करिब ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागितामा भृकुटीमण्डपमा बिशेष महाधिवेशन चलिरहेको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै माग गरेका थिए । तर देउवाले बरु पार्टी फुटे फुट्छ पद छोड्न भेपछि आज पार्टी फुटेको छ ।
कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको हो । कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए ।
उता देउवा पक्षीय काँग्रेसले गगन–विश्वप्रकाशलाई कारवाही गरेको छ भने, यता बिशेष महाधिवशनले देउवा नेतृत्वको कार्यसमितिलाई भंग गर्दै काँग्रेसको नयाँ कार्यसमितिको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । अहिले भृकुटीमण्डमा काँग्रेको नयाँ कार्यसमिति चयनका लागि सर्वसहमतिबाट गर्ने की चुनावी प्रतिस्प्र्धाबाट हुने भन्ने बिषयमा बिशेष महाधिवेशनको हलमा छलफल चलिरहेको छ ।

