Breaking News

कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्

काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको दोस्रो बिशेष महाधिवेशन उद्घाटन भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महामन्त्री गगनकुमार थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताए । उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन् ।’

थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् । उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।

उनले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन ।