काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन आज भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्माले गरेका थिए । उद्घाटन समारोहमा उल्लेख्य महाधिवेशन प्रतिनिधिका साथै काँग्रेसकी जन र केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा बोल्ने धेरै वक्ताहरुले काँग्रेस रुपान्तरण र नेतृत्व परिवर्तनका साथै एक राष्ट्र शक्तिमान पार्टी बनाउन लाग्नुपर्ने बताए । बिशेष महाधिवेशन पक्षधर नेताका अनुसार दिउसो सम्म महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको बताइएको छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।
आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।
महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

