प्याब्सन संगठनद्धारा अभिभावकलाई शुल्क तिर्न आग्रह

सरकार भन्छ कुनै कक्षाको बाहनामा बिद्यार्थीबाट शु्ल्क नलिनु

७ असार, काठमाण्डौ । लकडाउन जारी चैत्रबाट शैक्षिक संस्था खुलेका छैनन्, पठनपाठन बन्द नै छन्, बिद्यार्थी भर्ना नै भएका छैनन्, स्कूलमा पढन नै गएका छैनन् तर निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरिरहेको छ ।

आज आइतबार दुबै संगठनले संयुक्त विज्ञप्ति निकालेर नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् ।

विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ
छ ।

विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन उनीहरूले आग्रह गरेका हुन् ।

कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको प्याब्सन र नेशनल प्याब्सनको भनाइ छ ।

निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका
छन् ।

‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ । विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन् । यस्तै यस्तै समस्या र गुनासो देखाएर अभिभावकसँग शुल्क असुल्न खोज्दैछन् नीजि स्कुलका संचालकहरु । तर सरकारले शैक्षिक संस्थाहरुलाई लकडाउनको बेला कुनै प्रकारको कक्षाको बाहनामा बिद्यार्थीबाट शुल्क नलिन आग्रह गरिहेको बेला यस्तो विज्ञाप्ती जारी गर्नु कदापी पनि राम्रो भने होइन । यस तर्फ सरकारको के रणनीति हुन्छ त्यो भने हेर्न बाँकी छ ।