मुलुकभर कोरोना भाइरसका संक्रमित कहाँ–कहाँ थपिए पुरा विवरण

७ असार, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले बताए अनुसार सबैभन्दा धेरै संक्रमित आज अर्घाखाँचीमा ७४ संक्रमित देखिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७–२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६–६ जना, उदयपुर, सर्लाहीका ५–५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४–४ जना, बारा र बर्दियाका ३–३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २–२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १–१ जना गरी आज दशैभरी ४२१ जना कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि मन्त्रालयले जानकारी दिएको छ ।