ललितपुरको बालकुमारीमा तीन वटा सवारीसाधन ठोकिदा २ जना घाइते

७ असार, काठमाण्डौ । केही बेर साँझ ललितपुरको बालकुमारीमा तीन वटा गाडी एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

अहिले राति पौने आठ बजे कोटश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा१२च २८२५ नम्बरको भ्यान र ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५च ९१६१ नम्बरको कार जुधेका थिए । उक्त कारको पछिपछि जाँदै गरेको बा७च ८२२७ नम्बरको अर्को कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बा७च ८२२७ नम्बर कारका चालक र भ्यानमा रहेका एक जना घाइते भएका छन् । उनीहरू दुवैलाई बिएण्डबी अस्पताल लगिएको सातदोबाटो प्रहरी वृत्तका सई भोलासिंह अधिकारीले जानकारी दिए । घाइतेहरू बारे पूर्ण जानकारी नआइसकेको बताइएको छ ।