आज नेपालभर ४२१ जना कोरोना भाइरसका संक्रमित थपिदा १९४ जना निको भएका छन्

७ असार, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज नेपालभर ४२१ जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् ।

यो सँगै नेपाल कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । आजै १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।