काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन ०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने दोस्रो मिति तय गर्दै पारित गरेपछि महामन्त्री गगन थापाले सो कार्यतालिकामा फरक मत राखेका छन् ।
बैठकपछि पत्रकारहरूसँग आफूले फरक मत राखेको जानकारी दिएका छन् । ‘उनले पत्रकार सामु भने, महाधिवेशनको कार्यतालिकामा फरक मत राखेको छु ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए । तर, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए । ‘पुस मसान्तभित्र महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ त्यो भने एक दुई दिनभित्र टुङ्गिन्छ,’ महामन्त्री थापाले भने ।
उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठुलो भएको बताए । विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले गर्ने थापाले बताए । पार्टी को बिधानको धारा १७(२) को पालना गर्छु, गर्छौँ,’ महामन्त्री थापाले भने ।

