आज अहिले सम्मकै सबैभन्दा बढी कोरोना परीक्षण

६ असार, काठमाण्डौ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बताउने जानकारी दिने क्रममा देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको
छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या भएको प्रवक्ता गौतमले बताएका छन् ।

अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना बसिरहेको बताएका छन् ।