आज कहां कति थपिए कोरोना भाइरसका संक्रमित

६ असार, काठमाण्डौ । आज स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने क्रममा प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८–८, भक्तपुर, रौतहट र बर्दियाका ७–७ जना, दाङ र बाराका ४–४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २–२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।