पहिरोमा जिप पुरिदा चालक सहित २ को मृत्यु

६ असार, गुल्मी । आज शनिबार अपरान्हतिर गुल्मी धुर्कोट गाउंपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिंदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका
छन् ।

सो पहिरोमा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताएका छन् ।

पहिरोमा पुरिएको जिप मदाने गाउंपालिका पुर्कोट दहबाट धुर्कोट गाउंपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

घाइते रमेश रानालाई अर्घाखँंचीको सन्धिखर्कमा उपचारको लागि लगिएको छ ।

अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।