कोरोना संक्रमित संख्यामा दोस्रो मुलुकको रुपमा ब्राजिल

६ असार, काठमाण्डौ । कोरोना महामारीले ग्रस्थ भएको विश्व त्यसमा पनि ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित दोश्रो मुलुकमो रुपमा खडा भएको छ ।

वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार ९० पुगेको छ ।

स्वास्थ्य विज्ञहरूले पर्याप्त परीक्षण नगरिएकाले यो संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन् ।