३ पुस, काठमाडौं । नेकपा एमालेको नवौ राष्ट्रिय सम्मेलनबाट निर्वािचत अन्तिम परिणाम बाहिर आएको छ । प्राप्त मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुग्न सफल भएका छन् ।
ओली नवौं महाधिवेशनबाट पििन अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

