Breaking News

सचिवमा ओलीको प्यानल नै विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौ राष्ट्रिय सम्मेलनको अन्तिम परिणाम अनुसार सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।

९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।

यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् ।

यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई ९१५०३०, हिक्मतकुमार कार्की ९१३३७०, खगराज अधिकारी ९१२३१०, यामलाल कंडेल ९११८५०, राजन भट्टराई ९११८१० र भानुभक्त ढकाल ९११०८० रहेका छन् ।