५ असार, दार्चुला । सुदूरपश्चिमको दार्चुला जिल्लामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्केका एक युवकको मृत्यु भएको छ ।
दार्चलामा मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार हिजो बिहीबार साँझपख उनको उनकै घरमा मृत्यु भएको छ । मृतक युवकको हिजो बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।
स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।
स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै बेंग्लौरबाट आएका साथीको भनाइ उदृत गर्दै धामीले भने, ‘चाररपाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।
कोरोना रिपोर्ट नआउँदै अन्त्येष्टि
गाउँपालिका अध्यक्ष धामीका अनुसार मृतक युवकको अन्त्येष्टि बिहीबार साँझ नै गरिएको छ ।
सुरक्षा सजगता अपनाएर मृतक युवकको अन्त्येष्टि गरिएको अध्यक्ष धामीले दाबी गरे । मृतक युवकको अन्त्येष्टिमा परिवारका सदस्यसहित जम्मा सात जना मात्रै सहभागी भएको र अन्त्येष्टिमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न भनएिको अध्यक्ष धामीले बताएका छन् ।