Breaking News

कर्णाली याक्स ५ विकेटले काठमाण्डु गोर्खाजसँग पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सम्पन्न १९औँ खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५० रनको मध्यम लक्ष्य काठमाण्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । यो जितसँगै काठमाडौं गोर्खाजले प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको छ ।

लक्ष्य पछ्याउने क्रममा काठमाण्डु गोर्खाजले आक्रामक सुरुवात गरेको थियो । ओपनर बेन चार्ल्सवर्थले २१ बलमा ३ छक्का र २ चौकासहित ३४ रन बनाएर टिमलाई राम्रो लयमा ल्याए ।

अर्का ओपनर आकाश त्रिपाठी ८ रन र मिलिन्द कुमार १५ रनमा आउट भए पनि मध्यक्रमका ब्याटरहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गरे । गेरहार्ड इरास्मस र जोन सिम्पसनबीचको साझेदारी जितका लागि निर्णायक बन्यो ।

विकेटकिपर ब्याटर जोन सिम्पसनले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ४१ रन जोडे । उनी आउट भएपछि क्रिजमा टिकिरहेका इरास्मसले टोलीलाई जितसम्म डोर्याए ।