चितवन घर भई ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीमा बस्ने ५० बर्षे पुरुषमा कोरोना संक्रमण

५ असार, काठमाडौं । चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा हिजो बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए ।

हालसम्म ललितपुरका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक पुरुषको मृत्यु भएको छ ।

(रासस)