चीनद्धारा नियन्त्रित १० भारतीय सैनिक हिजो रिहा

५ असार, काठमाडौं । हालै मात्र केहीदिन चीन–भारतबीच सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन् ।

सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा भातरीय २० सैनिकले ज्यान गुमाएका थिए ।

दुबै देशबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो ।

भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ ।

भारतीय पत्रिका ’द हिन्दु’ ले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ ।

सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन–भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ ।

घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको छ । यसैगरी भारतका दुई शहरमा चीनको झण्डा र चिनियाँ राष्ट्रपतिको पोस्टर जलाइएको छ ।

सीमा भएको घटनामा १८ जना भारतीय सैनिक गम्भीर घाइते भएका छन् ।

चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के–कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन ।