चीन र भारतको घटनाबारे अमेरिकाद्धारा भारतलाई समवेदना चीनसँग सम्बन्ध सुधारर्ने कोशिसमा अमेरिका

५ असार, काठमाडौं । हालै मात्र भारत र चीनका सेनाबीच लद्दाखमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु र झडपबारे अमेरिकाले प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियोलेका अनुसार हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो समयमा हामी ती सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गर्दछौं ।

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको
थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस पनि गरिरहेको बीबीसीले लेखेको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए ।

अमेरिका र चीन दुवै देश तनावलाई थप बढ्न दिन नचाहेको रुपमा पनि यो बैठकलाई लिइएको छ । चीनले यो छलफललाई रचनात्मक भनेको छ ।

यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन् । किनभने यो चीनको आन्तरिक मामिला हो ।

साथै पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेको बीबीसीले जनाएको छ ।