पर्वत जिल्लाको पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पृष्टि

५ असार, काठमाडौं । गण्डकी अञ्चलको पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिएका छन् ।