Breaking News

दुर्गा प्रसाईं मध्यराती पक्राउ

मेडिकल व्यावसायी दुर्गा प्रसाईं हिजो रात्री पक्राउ परेका छन् । प्रहरीले हिजो मध्यराती उनकै निवासबाट पक्राउ गरेको हो।

दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ दलले आउँदो मंसिर ७ गतेबाट आन्दोलन गर्ने भनेर उनले सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

ुनागरिक स्वतन्त्रताका नाममा उनले सार्वजनिक शान्ति भंग गरिरहनुभएको छ । अभिव्यक्ति स्वतन्त्रताका आडमा उहाँले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका छन्। त्यसैले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। आफूले ठूलै आन्दोलन गरेर देश ठप्प पार्न लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए।

सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो।

त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए।