Breaking News

एनपिएल को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात

हिजोबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो।

जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो।

राम्रो सुरावात गरेको काठमान्डुका बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन र आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाए। भीम सार्की ३ रनमा आउट भए।

बलिङमा चम्किएका मिलिन्द कुमारले २२ बलमा १ छक्काको मद्दतमा १९ रन बनाए। मिलिन्द कुमार आउट भएपछिको अर्को ओभरको पहिलो बलमा जोन सिमसन पनि १३ रनमा अनिलकुमार साहको एलबिडब्लूको धरापमा परेका थिए। तर आदिल अन्सारी ४ बलमा १ छक्काको मद्दतमा नटआउट ८ रन बनाउँदा काठमान्डु दुई ओभरमा बाँकी छदै लक्ष्य पूरा गर्‍यो।