भक्तपुरमा एक जना प्रहरीसहित तीनजनामा कोरोना संक्रमण भएको पुष्टि

४ असार, काठमाण्डौ । बागमती प्रदेशको भक्तपुरमा आज बिहान महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत जना प्रहरीसहित तीन जनामा कोरोना संक्रमति भएको पुष्टि भएको ।

भक्तपुरको चाँगुनारायण नगरपालिका घर भएका भक्तपुर प्रहरी परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी सञ्चार कक्ष सिल गर्नुका साथै त्यहाँ कार्यरत १२ जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै आजै भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ।

पिसिआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी भएको छ ।

जेठ ३० गते कुबेत सरकारको आममाफी पछि  कुबेतबाट नेपाल फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई  कोरोना संक्रमण भएको छ।

नेपाल फर्किसकेपछि नेपालको  विमानस्थलमा उनलाई स्वास्थ्य जाँच गर्ने क्रममा ज्वरो देखिएपछि विमानमा रहेका जनालाई भक्तपुर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो । तर उनमा थप कोरोना लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।