झुन्डिएर आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि

३ असार, सुर्खेत । सुर्खेत सिम्ता गाउँपालिका(८ की २५ वर्षीय युवती घर नजिकै झुण्डिएर आत्महत्या गरेकी छिन् पछि उनी मृत अवस्थामा भेटिएकी थिइन ति मृतक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए छन् ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।

क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिएका छन् । त्यसपछि होम क्वारेन्टिनमा घर पठाइएको थियो ।