नेपालभर आज कोरोना भाइरसका संक्रमित कहाँ, कहाँ थपिए

३ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गर्दै कोरोना भाइरसमा संक्रमित सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६-२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएका छन् ।

त्यस्तै मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७र७ जना, सर्लाहीका ६, उदयपुरमा ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २-२ जना तथा सिराहा, कैलाली र बाँकेका १-१ जना गरी जम्मा ५८६ जना कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।