पछिल्लो २४ घन्टामा नेपालभर ५८६ संक्रमित थपिए

३ असार, काठमाडौं । देशभर आज कोरोना भाइरसका संक्रमित ५८६ थपिएका छन् ।

यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।

आज  थप एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौला सम्बन्धी समस्याका कारण ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको
थियो । असार एक मा उनको स्वाब संकलन गरिएको थियो ।

थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।