Breaking News

हमासले विपिन जोशीको मृत्यु भएको पुष्टि

हमासले नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासले विपिनको मृत्यु भएको पुष्टि गरेपछि उनको शव आजै इजरायललाई बुझाउने तयारी गरिएको छ । जोशीसहित चार जना बन्धकको शव बुझाउन लागिएको बीबीसीले जनाएको छ।

हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचीमा इ इलौज, योस्सी शराबी, विपिन जोशी र डानियल पेरेत्सका नाम रहेका छन् । हमासले आजै २० जना जीवित बन्धकलाई मुक्त गरेको थियो। संगठनका अनुसार मृत्यु भएका बन्धकहरूको अवशेष २८ जनासम्मको हुनसक्ने अनुमान गरिएको छ ।