Breaking News

सभापति देउवा पार्टी नेतृत्वबाट बाहिरिए : कार्यवाहकको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकोे करिब एक महिना पछि सार्वजनिक भएका छन् । गएको भाद्र २४ गते जेनजीहरुले पूर्वप्रधानमन्त्री देउवाको घरमा आगजनीका साथै देउवा पत्नीलिाई कुटपिट गरेपछि घाइते भएका देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारर्थ थिए । एक महिने उपचारर्थ पछि आज पार्टी कार्यालय सानेपामा पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैे सार्वजनिक भएका छन् । जेनजी आन्दोलनबाट सभापति देउवाको घर जलेर पुरै खरानी भएपछि हस्पिटलको उपचार पछि ललितपुरमै भाडाको घरमा बसेका छन् ।

पार्टी भित्र तथा बाहिरबाट अब उप्रान्त देउवाले पार्र्टीको नेतृत्वबाट विदा भएर युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्ने आवाज उठिरहेको बेला सभापति देउवाले आजको केन्द्रीय कमिटी बैठकमा लामोे मनतव्य दिदैं अन्तिममा उनले पार्टीको नेतृत्वबाट बाहिर निस्कदै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवाले खड्कालाई पार्टीको विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।
सभापति देउवाले सम्बोधन गरेपछि आजको बैठक सकिदै पर्सि ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ ।