Breaking News

पूर्वउपराष्ट्रपति पुनको घरमा भोकभोकै रोयर घर कुरिरहेको कुकुर

गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन एकाएक विध्वंशमा उत्रिए पछि एकाएक राजनैतिक दलका नेताका घर सहित देशको प्रमुख प्रशासनिक सिंहदरबार सहित सरकारी भवन, कार्यालय निशानामा परे । त्यसमा राजनीतिक दलका प्रमुख दलका नेता, मन्त्री, सांसदका घर छानीछानी प्रदर्शनकारीहरुले तोडफोडका साथै आगजनी गरेर खरानी बनाई दिएका छन् ।

जेनजी आन्दोलनकारीहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै नेताको घरमा तोडफोड र आगजनी भए ।

आन्दोलनकारीको आक्रमणपछि नेताहरु घर जलेर खरानी भएपछि घरहरु बस्नै नसक्ने अवस्थामा भएपछि अहिलेसम्म पनि ति जलेका घरहरुमा नेताहरु पुग्न सकेका छैनन् । तर ति नेताका घरमा पालेका कुकुर घरको सुरक्षा गरेर बसिरहेका छन् । यसै क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जलेको र तोडफोड भएको लथालिंग घरमा भोकभोकै जलेको घरमा कुकुरले सुरक्षा दिएर बसेका तस्बिर, भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छ ।

‘पुनको घरमा कयौं दिनदेखि कुकुर रोएर बसिरहेको छ । कसैले रेस्क्यु गर्नसक्नु हुन्छ भने प्लिज गरिदिनुहोला । हामी त्यहाँभित्र गएमा चोरको आरोप लाग्न सक्छ, त्यसकारण हामी जान सक्दैनौं ।’

पासाङ्गको घर नजिकका एक छिमेकले भिडिओ बनाउँदै भनेका छन्, ‘कयौं दिनदेखि कुकुर रोएर बसिरहेको छ । कसैले रेस्क्यु गर्नसक्नु हुन्छ भने प्लिज गरिदिनुहोला । हामी त्यहाँभित्र गएमा चोरको आरोप लाग्न सक्छ, त्यसकारण हामी जान सक्दैनौं ।