Breaking News

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने

६ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा। शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन । तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ ।

आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको बताइएको छ ।