जेनजी आन्दोलनबाट पूर्वप्रधानन्यायाधिश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको आज १० दिन भयो । पहिलो चरणमा तीन जना मन्त्री अर्थमन्त्री रामेश्वर, खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भईसकेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले गहन छलफल र भेटघाट पछि आज थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्।
पाँचै जना नयाँ मन्त्रीहरूको शपथ भोलि सोमबार हुने बताइएको छ ।
आज टुंगो लागेका मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र उनी स्वास्थ्य अतिरिक्त सचिव थिइन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा महाविर पुनलाई दिइने भएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेललाई नियुक्ति गर्न लागिएको छ । उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।
त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ भने उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।

