Breaking News

प्रचण्डले पदाधिकारी बैठकमा ४ बुुँदे प्रस्ताव : केन्द्रीय कमिटी भंगदेखि बिशेष महाधिवेशन

काठमाडौँ । जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थिति पछि आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन् । प्रचण्डले पदाधिकारी बैठकअबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताए ।

‘केन्द्रीय समितिको बैठकबाट भएको अहिलेको अध्यक्षसहितका सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी कमिटी भङ्ग गरौँ’, प्रचण्डले बैठकमा गरेको प्रस्ताव उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तलका कमिटीहरू पनि भङ्ग गरेर सबै कमिटीलाई आयोजक समिति बनाऔँ ।’

आयोजक समितिले तल्लो तहका कमिटीबाटै अधिवेशन गर्दै मङ्सिरभित्र केन्द्रको विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ । ‘विशेष महाधिवेशनबाट नयाँ संरचनासहित संगठन बनाऔँ’, प्रचण्डको प्रस्ताव छ, ‘युवाहरूको बहुमत हुनेगरी मात्रै होइन महिला, दलित लगायतलाई हुनेगरी एउटा संकल्प प्रस्ताव बनाउने र संगठनात्मक रुपान्तरणको प्रस्तावसहित वस्तुगत निर्णय महाधिवेशनबाट गरौँ । त्यो अनुसार एउटा प्रक्रिया र विधिबाट जो अध्यक्ष हुन्छ चुनेर जाऔँ ।

यस्तै प्रचण्डले चुनाव र महाधिवेशनको तयारी सँगसँगै लैजान पनि अर्को प्रस्ताव गरेको ती नेताको भनाइ छ । ‘