काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त गरेको छ ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।
नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

