पछिल्लो २४ घन्टामा ३८० कोरोना भाइरसका संक्रमित थपिए

२ असार, काठमाण्डौ । आज मंगलबार देशैभरी ३८० जनामा कोरोना भाइरसका संक्रमण थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् । यससँगै संक्रमितको संख्या ६हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको कुरा गौतमले पत्रकार सम्मेलनमा जनाएका छन् ।

यो सँगै संक्रमितको संख्या ६५९१ पुगेको छ ।