प्रहरी प्रधान कार्यालयद्धारा ३६ एसपीहरुको सरुवा

२ असार, काठमाण्डौ । असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले ३६ एसपीहरूको सरूवा गरेको छ ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनिहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खान पाउनेछन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरमा कार्यरत एसपी अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो विशेष अपराध अनुसन्धान महाशाखा महाराजगन्जमा ल्याइएको छ ।

गोरखाका एसपी ओमप्रसाद अधिकारीको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा सरुवा गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा ल्याइएको छ ।
यस्तै अरु एसपीहरुको पनि सरुवा गरिएको छ ।