भरखर सकिएको मन्त्रीपरिषदको बैठकले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ।
कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’ उनले भने।
अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल आज विस्तार गरेकी थिइन्। मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

