Breaking News

ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता

काठमाडौँ । जेनजी आन्दोलनबाट बनेको शुसिला कार्की नेतृत्वको आज बसेको पहिलो क्याबिनेट बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक अघिल्लो मन्त्रिपरिषद्‌मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताएका छन् ।