सवारी साधनमा असार मसान्तसम्म जरिवाना नलाग्ने

२ असार, काठमाण्डौ । बाग्मती प्रदेशले एक सूचना जारी गर्दै चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने बताएको छ ।

अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशका सचिव तेजराज भट्टले जानकारी गराएका छन् ।

हिजोको बजेटमा पनि उल्लेख भएको कारण हामीले असार मसान्तसम्म कुनैपनि प्रकारको जरिवाना नलिने निणर्य गरेका छौ । सोहीअनुसार आज यातायात व्यवस्था कार्यालयहरुमा पत्र पठाइसकेका सचिव भट्टले जानकारी दिएका छन् ।

गत १ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कति असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो ।