दशैभरबाट जारी भएका सवारी पास आजैदेखी रद्द

अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने

२ असार, काठमाडौं । आजदेखि लागु हुनेगरी काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

ट्राफिक मशाहाखाका अनुसार मंगलबारदेखि यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने हुन्छ । मोटरसाइकल लगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको महाशाखाका एसएसपी भीम ढकालले बताए ।

माथिको आदेशअनुसार मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइन्छ । यदि दुई जना सवार भएको पाइएमा कारबाही हुन्छ ।

जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने एसएसपी ढकालले जानकारी दिएका छन् ।