Breaking News

रातीभरी जलिरयो सिंहदरबार

काठमाडौं । जेनजी को आन्दोलनको क्रममा हिजो दिउसो अचानक प्रदर्शनको भिड एकाएक मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा छिरेर भटाभट आगो लगाउन तिर होमिएका थिए । रातभरी जलेर पनि अझै आगो निभेको छैन। बुधबार बिहानसम्म पनि सिंहदरबारमा आगो  बलिरहेको छ । रातभर सिंहदरबार जलिरह्यो ।

सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार कब्जा गरेको छ । सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको छ । आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ । सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन् ।

जेनजी प्रदर्शनकारीको क्रममा केही समूह सिंहदरबारभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । राणाकालीन सम्पदा सिंहदरबार आगोमा दन्किरहेको दश्ष्य कहालीलाग्दो थियो । आगो जलिरहेका बेला पानी हाल्ने प्रयाससमेत भएन । प्रदर्शनकारीले मंगलबार सिंहदरबार परिसरमा रहेको गृहमन्त्रालयमा पनि आगो लगाइदिएका थिए ।

प्रदर्शनकारीले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं विशेष अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डय प्राधिकरण, उपत्यका ट्राफिक प्रहरी कार्यालयलगाउतमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवनमा समेत आगोमा जलेर ध्वस्त बनाएका
छन् ।