Breaking News

ओलीले समय अभावको कारण देखाउदै थापाको फरक मत प्रस्तुत गर्न दिएनन्

नेकपा एमाले दोस्रो महाधिवेशनको बन्दशस्त्र चलिरहेको छ । आजको बन्दसस्त्र एक घन्टा ढिलागरी सुरु भएपछि निर्धारित कार्यक्रममा छिटोछिटो गरी सुरु हुने क्रममा पार्टीका स्थायी कमिटी सदस्य कर्णथापाको फरक मत प्रस्तुत गर्ने समय भए पनि अध्यक्ष ओलीले रोकिदिएका छन् । विधान महाधिवेशनका लागि थापाले तयार गरेको ३२ पेज लामो फरक मत प्रस्तुत गर्ने कार्यतालिका थियो । तर, समय अभावको कारण देखाएर अध्यक्ष ओलीले समय अभाव भएकोले समूहगत छलफलमा जानुपर्ने भन्दै थापाको फरक मत प्रस्तुत गर्न दिएनन् ।

थापाले आफ्नो फरक मत प्रतिनिधिहिरूलाई वितरण भने गरेका छन् ।

थापाले १९ भदौमा पार्टी कार्यालयमा पुगेर फरक मत दर्ता गराएका थिए । एमालेको विधान महाधिवेशनको कार्यसूचीमा थापाको फरक मत प्रस्तुत गर्ने उल्लेख थियो ।